Wednesday, December 29, 2010

बम बिष्फोटमा चार घाईते

नेपालगन्जको सुर्खेत रोडस्थित गौरिशंकर हार्डबेयर नजिक साँझ पाँच बजेतिर बम बिष्फोट भएको छ । बिष्फोटमा परेर चारजना घाईते भएका छन् ।

दिउँसो साढे चार बजेतिर बम बिष्फोट भएको हो । घाईतेहरुलाई उपचारका लागि स्थानीय अस्पत्तालमा लगिएको र घाईतेहरुको नाम खुल्न नसकेको बरिष्ठ प्रहरी उपरिक्षक जयबहादुर चन्दले बताए ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । बिष्फोटपछि वरिपरिका पसलहरु बन्द भएका छन् । स्थानीय ब्यापारीहरु त्रसित भएका छन । बिष्फोट भएको स्थानमा माछापुछ्रे बैक लगायतका ब्यापारिक प्रतिष्ठानहरु छन ।