Friday, October 8, 2010

puja

हिन्दूहरूको महान्‍ चाड वडादसँै शुक्रवार देखि पन्ध्र दिनसम्म अर्थात्‍ आश्विनशुक्ल प्रतिपदादेखि पूणिमासम्म परम्परानुुसार दुर्गाभवानीको पूजा९आराधना गरी हष्रोल्लासका साथ मनाइँदैछ । वडादसँैको पहिलो दिन शुक्रवार बिहान आ९आफ्ना घरको पूजाकोठा तथा दसँैघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गार्इको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । शुक्रवार बिहान ९स्४१ बजे घटस्थापना, विजयादशमीका दिन बिहान ७स्२३ बजे देवी विसर्जन र बिहान १०स्४३ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्‍ग निण्रायक समितिका अध्यक्ष माधव भट्टरार्इ बताउनुहुन्छ ।यसैगरी, असोज २८ गते बिहीबार फूलपातीका दिन बिहान ११स्०३ बजे तुलजाभवानीको यात्रा तथा ११स्५५ बजे थिराशनका लागि साइत जुरेको उहाँले बताउनुभयो । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा सम ृद्धिको प्रतीक पहँेलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गनर्े गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ९आफ्ना घरआँगनलार्इ लिपपोत गरी सिङ्‍गारेर सफासुग्घर पानर्े प्रचलन छ । असत्यमाथि सत्य र आसूरी शत्तmिमाथि दैवीशत्तmिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौ दिनसम्म विभिन्न शत्तmिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती र भगवतीको स्तोत्र पाठ गनर्े गरिन्छ । वडादसैँको सातौँ दिन मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शत्तmिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौ दिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूणिमाका दिन जमरा विसर्जन गरी साँँभm महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ । यस चाडभर विभिन्न देवदेवीका अतिरित्तm विशेषगरी शत्तmिस्वरूपा दुर्गा भवानीको नौंरुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड नवदुर्गापूजाका नामले पनि प्रसिद्ध छ । परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शत्तmिपीठहरूमा पनि देवीको पूजाआराधना हुन्छ ।विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरू घर फर्कने त्रmम सुरु भएको छ ।यस अवसरमा जनकपुरमा रहेको विभिन्न शत्तmिपिठहरुलार्इ वेहली भmै सजाइएको छ । खास गरेर जनकपुरका राजदेवि मन्दिर वौधी माता मन्दिरलार्इ विभिन्न रंगि चंगि मण्डलको निर्माण गरिए सजाइएको छ । जनकवंशी राजाहरुको कुलदेविका रुपमा पुजित देवि राजदेविको मन्दिर राम मन्दिरको उत्तर प्रवेशद्वारबाट गएर भेटिन्छ ।त्यस्तै गरि वर्षमा एक पटक मात्र खुल्ने राम मन्दिरको उत्तर तिरको ढोका शुक्रवार देखि खुलेको छ । स्थानिय राममन्दिरका पुजारीहरुका अनुसार भवगवान रामलार्इ दर्शन गर्न सजिलो होस भन्ने हेतुले वर्षमा एक पटक उत्तर तिरको ढोका खुल्ने गरिएको छ ।